शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २२ गते । गोरटो एजुकेशनल कन्सल्टेन्सीले पाँचौँ वार्षिक साधारणसभा गरेको छ । ‘रिफाईन, रिफ्रेश र रिचार्ज’ भन्ने मूल नारासहित साधारणसभा गरेको हो ।
नेपाल तथा क्यानडाका विभिन्न शाखामा कार्यरत कर्मचारीको उल्लेखनीय सहभागिता रहेको साधारणसभाले संस्थागत सुधारमा केन्द्रित रहेको आयोजकको दाबी रहेको छ ।
साधारणसभामा नेपाली विद्यार्थीले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक सञ्जालबाट सिर्जित भ्रमजस्ता यथार्थ चुनौतीलाई बुझेर परामर्श सेवा दिनुपर्ने आवश्यकता औँल्याइएको थियो।
गोरटो एजुकेशन नयाँ बानेश्वरका मार्केटिङ तथा सेल्स हेड प्रकाश रेग्मीले संस्थाले प्रकृतिसँग सहअस्तित्वको मूल्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।