अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेपछि विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई गम्भीर चासोका रूपमा हेरिएको जनाएको छ । पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको र नागरिकको खबरदारीका रूपमा हेरेको उल्लेख गरेको छ ।
सैन्य आक्रमणको धम्की दिइरहेको अमेरिकाले शुक्रबार इरानसँग वार्ता गर्दै छ । परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि वार्तामा बस्न अमेरिकाले लगातार विभिन्न तरिकाले दबाब दिएपछि इरान अन्ततः वार्ताका लागि तयार भएको हो । दुई देशबिच ओमानको राजधानी मस्कटमा वार्ता हुने सहमति भएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
सल्यानमा भएको अटो दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ मेलचौर निवासी ७८ वर्षीय टकबहादुर रेउले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि नेतृत्वले सपना देख्नुका साथै त्यसलाई साकार पार्ने स्पष्ट तयारी र दृढ कार्यान्वयन गर्ने प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक लेखराज भट्टले अहिलेको लडाइ ध्वंस र निर्माण बिचको लडाइ भएको बताउँदै ध्वंस गर्नेलाई परास्त गर्नैपर्ने बताउनुभयो ।
बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईजनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–९, गाउँ नं १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकाय रहेका छन् ।
यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका१ स्थित इको हिल रिसोर्ट नजिकैबाट देखिएको निलगिरि हिमाल र आसपासका क्षेत्र।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं. ३ का उम्मेदवार उपेन्द्र यादव चुनावी छलफल तथा भेटघाटलाई तीव्रता दिनुभएको छ ।
रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र जनपक्षीय भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।