शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रौतहट, माघ २२ गते । रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।
बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।
घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।
कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।