आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो ।
विश्वभरि ज्येष्ठ नागरिकको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ तर नीति, कानुन र सहभागिताका प्राथमिकता ज्येष्ठ नागरिकको जीवन उपयोगी अझै बन्न सकेका छैनन् । यही सन्दर्भमा संयुक्त राष्ट्रसङ्घ र ‘ग्लोबल ¥याली फर दी राइट अफ ओल्डर पर्सन’ कोे अभियानले ज्येष्ठ नागरि
झापामा एक व्यक्तिको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१० सत्रविघेमा बिहीबार बेलुका खेम ढकाल हत्या भएको प्रहरीले जनाएको छ ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रसासन कार्यालय स्याङ्जाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको समयावधिमा ३६ थान हतिरयार बुझाएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको छ । शुक्रबार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
निर्देशक सुदीपभूपाल सिंह निर्देशित चलचित्र ‘श्री बुकुरो : दी होम कलिङ’ को प्रेमिल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्यबिच गहिरो प्रेमको भावलाई प्रस्तुत गरिएको छ । पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।
भारतमा दुधको मूल्यमा वृद्धि भएसँगै नेपाली सीमाक्षेत्रबाट चोरीको बाटो हुँदै दुध र नौनी भारत जाने गरेको छ । सीमाक्षेत्रमा रहेका चिस्यान केन्द्रले क्यानमार्फत खेताला लगाएर दुध भारततर्फ लैजाने गरेका हुन् ।
प्रेस चौतारी कैलाली शाखाले डेढ लाख रुपियाँको पत्रकार अक्षयकोष स्थापना गरेको छ । आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर चौतारीले पत्रकार अक्षयकोष स्थापना गरेको हो ।
सार्वजनिक सेवा प्रवाहलाई आमजनतामाझ पु¥याउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भूमिका महìवपूर्ण हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ । कम्पनीको २२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा टेलिकम राज्यको महत्वपूर्ण सहयोगी संस्था भएको उल्लेख गर्नुभयो । “टेलिकम दूरसञ्चार संस्था मात्र होइन,” उहाँले भन्नुभयो, “यो राज्यको डिजिटल मेरुदण्ड हो ।”
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपियाँ २८ पैसा र बिक्रीदर १४४ रूपियाँ ८८ पैसा तोकिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । आन्दोलनका क्रममा भाटभाटेनीका १२ विभिन्न सुपरस्टोर क्षतिग्रस्त बनेका थिए ।
चीनसँगको व्यापारिक नाका हिल्सामा क्वारेन्टाइन जाँचचौकी स्थापनाका लागि पहल गर्ने उम्मेदवारको प्रतिबद्धता करिब दुई दशकदेखि यथावत् छ । दल र उम्मेदवारले चुनावी प्रचारका बेला त्यसका लागि पहल गर्ने आश्वासन दिने तर निर्वाचित भएर गइसकेपछि बिर्सने भएका कारण यो मुद्दा अहिले पनि यथावत् रहेको हो ।