आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलक्षित मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिएको हो ।
पाल्पाका मुख्य सडक स्तरोन्नति नभएको भन्दै यहाँका मतदाताले उम्मेदवारलाई प्रश्न उठाउने गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट बनेका उम्मेदवारलाई पाल्पाली मतदाताले सडकको अवस्था सुधार गर्न नसकेको भन्दै प्रश्न गरेका हुन् ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं. ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै छ । यहाँ लगातार दुई पटक निर्वाचन जित्नुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा
दाङमा यस वर्ष सात हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको क्यान्सरविद्धको खोप अभियानका क्रममा छुटेका सात हजार ८२९ जना किशोरीलाई यो वर्ष खोप लगाउन थालिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
विश्व रामसार सूचीमा सूचीकृत जगदीशपुर तालमा विभिन्न मानवीय गतिविधिका कारण चरा घट्दै गएका छन् । चराको स्वर्गका रूपमा चिनिने तालमा मानवीय क्रियाकलाप बढेका कारण चराको सङ्ख्या निरन्तर घट्दै गएको हो ।
मुलुकका शीर्षस्थ नेताहरू मैदानमा होमिएको सर्लाहीमा यस पटक प्रत्येक निर्वाचन क्षेत्रको मतपरिणामबारे निकै चासो व्यक्त भइरहेको छ । गोरखा छाडेर सर्लाही क्षेत्र
सर्लाहीको लालबन्दी बजारस्थित छिमेक लघुवित्त वित्तीय संस्थामा बिहीबार लुटपाट भएको छ । लालबन्दी नगरपालिका ७ मा रहेको लघुवित्तको शाखा कार्यालयमा बिहीबार अपरान्ह ४ बजेतिर मुखमा कालोपट्टी बाँधेर आएका चार/पाँच जना मानिसले लुटपाट गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ ।
नवयुवा (जेनजी) पुस्ताले गरेको दुईदिने आन्दोलनमा भएको हत्या र विध्वंस अकल्पनीय थियो । मुलुक चरम अराजक र अस्तव्यस्त थियो । आन्दोलनले तत्कालीन सरकार ढलेको अवस्थामा सर्वत्र चिन्ता र चासो थियो– अब मुलुक कसरी समालिएला र सहज अवस्थामा फर्किएला । सरकारको नेतृत्व लिन कोही तयार थिएनन् । यस्तो असहज अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभित्रैबाट नयाँ जुक्ति निकाल्नुभयो । जेनजी अगुवाको माग अनुसार नै उहाँले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउनुभयो । कठोर चुनौती
त्यो बेला नेपालमा पञ्चायती निरङ्कुशताविरुद्धको क्रान्ति चरम उत्कर्षमा पुगिसकेको थियो । चारैतिरबाट घेरिएको पञ्चायत छटपटाइरहेका बेला त्यो बेला ‘युवा’ हरू अझ जोसिलो भएर क्रान्तिमा होमिएको अवस्था थियो । त्यो समयमा प्रजातन्त्रका नायक बिपी कोइरालाले ‘तरुण’ हरूलाई एउटा पत्र लेख्नुभएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै उदयपुरको निर्वाचन क्षेत्र नं. २ मा पनि चुनावी गतिविधि बढेको छ । ९६ हजार १२२ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा एक स्वत
चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई कृयाशिल पत्रकारलाई पुरस्कृत गरेको छ ।जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारिता पुरस्कारबाट धौलागिरी जागरण दैनिकका सह–सम्पादक सृजना पन्तलाई पुरस्कृत गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा पनि सेना परिचान तीव्र पारिएकोे छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन