काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताउनुभएको छ ।
जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ ।
काठमाडौँ, कात्तिक २१ गते । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नुभएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्णरूपमा रोकिएको छ ।”विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताउनुभयो । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । रासस
स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।
बाजुराको डाब खप्तड पर्यटकीय सडक यति बेला अलपत्र अवस्थामा छ । २०६६ सालदेखि कच्ची रुपमा निर्माण कार्य सुरु भएको यो सडक अहिलेसम्म पनि कालोपत्र हुन सकेको छैन ।
विभिन्न दल आबद्ध युवाहरु आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन सक्रियतापूर्वक लागिरहेका छन् ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाअन्तर्गत पर्ने लापु – गुम्दा – लप्सीबोट सडक खण्ड मर्मत कार्य समपन्न भएको छ ।
घोराही उपमहानगरपालिकाले आफ्ना सवारी चालक शालबहादुर बिकको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।
नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस गरिएको छ ।
कालीगण्डकी नदीबाट चल्ने जल यातायात (स्टिमर) मा अहिले यात्रु पाउँनै सकस हुन थालेको छ । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर यात्रु नपाएर यसै थलिएर बस्न बाध्य भएको छ ।
हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ ।