पश्चिम नवलपरासीको सुनवल नगरपालिका-६, भोर्लाबास खोलाको किनारमा फसेको अवस्थामा एक चितुवाको बिहीबार साँझ उद्धार गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले विभिन्न वाचा तथा प्रतिबद्धतासहित मतदातासँग भेटघाट गरिरहेका छन् । मतदातले पनि निर्वाचन क्षेत्रका विभिन्न समस्यालाई उम्मेदवारसामु राख्न थालेका छन् । सोही क्रममा बाँके क्षेत्र नं. १ का मतदाताले हालसम्म मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र राप्ती नदीको कटान र डुबानलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।
नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । एक सय १४ वटा निर्वाचन स्थल तथा तीन सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशीलका रूपमा तय गरिएको हो ।
विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएको कैलाली–५ मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नयाँ अनुहारबिच प्रतिस्पर्धा हुँदै छ । विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो गरी जित निकालेको यो क्षेत्रमा प्रायः सबै दलले नयाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएका हुन् । कांग्रेसले नरनारायण शाह (मनु), एमालेले यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्दबहादुर चन्दलाई चुनावी मैदानमा उतारेका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार भएका १६ उम्मेदवारले मात्रै बैँक खाता सञ्चालनमा ल्याएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार बिहीबारसम्म १६ जनाले मात्रै बैङ्क खाता सञ्चालनका लागि सिफारिस लिएका छन् ।
भेरी नगरपालिकाले स्थानीय मौलिक संस्कृति संरक्षण गर्नका लागि पञ्चेबाजा सहयोग गरेको छ । महिलाको सीप प्रवर्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पञ्चेवाजा वितरन गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा सुरक्षा तयारी गरिएको छ । निर्वाचन सुरक्षाका लागि जिल्लाभर करिब दुई हजार छ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
बैतडीमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणलाई मध्यनजर गर्दै कक्षा ६ मा अध्ययनरत छात्रा तथा लक्षित उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइने भएको छ ।
बुढीगङ्गा नगरपालिकाका सात जना कर्मचारी निलम्बन हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । पालिकाको प्रशासनिक भवन निर्माणको भ्रष्टाचार प्रकरणमा यहाँका अधिकृत छैटौँ नरेन्द्र नाथ, सबइन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सबइन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक वसन्तबहादुर थापा निलम्बनमा परेका छन ।
काठमाडौँकाे टोखा नगरपालिका– १ स्थित झोरमा यतिबेला आरू प्रजातिका फूल ढकमक्क फूलेका छन् ।
दैलेख जिल्लामा पछिल्लो समयमा बढ्दो वन अतिक्रमणसँगै विभिन्न नाममा वन मासिँदै जान थालेको छ । जिल्लामा व्यक्तिविशेष, व्यक्तिगत, सुकुमवासी र संस्थागतका नाममा वन अतिक्रमणले वन मासिँदै गएको पाएको हो ।
पर्सा क्षेत्र नं. २ मा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको भए पनि मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रिमाकुमारी यादव र राष्ट्रिय स्वतन्त्र
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचारप्रसार अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले गाउँ गाउँकेन्द्रित अभियान सञ्चालन गर्दै दुई दिनमै दुई दर्जनभन्दा बढी गाउँमा चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
कालीकोट जिल्लाको एक स्थानीय तहमा गहुँबाली भएको खेतमै राजनीतिक कार्यक्रम आयोजना गरिएपछि त्यसको विरोध गरिएको छ । शुभकालिका गाउँपालिका–४ मा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभा नाम दिएको कार्यक्रममा खेतमा त्रिपाल टाँगी, झन्डा गाडेर, ठुलो सङ्ख्यामा मानिस भेला गरिँदा गहुँबालीमा क्षति पुगेकाले स्थानीयले विरोध गरेका हुन् ।
कर्णाली प्रदेशका कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय नजाने १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिन लगाइएको छ । यही माघ २५ गतेदेखि अवस्था हेरेर कर्णालीका १० वटै जिल्लाका सो खोप दिन लागिएको हो ।