जिल्ला प्रशासन कार्यालय धादिङले निर्माणाधीन नागढुङ्गा-मुग्लिङ सडक आयोजना अन्तर्गत पूर्वीखण्डको नागढुङ्गा-मलेखु सडक खण्डको अनुगमन गरेको छ ।
टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।
पूर्व महिला क्रिकेट कप्तान जहाँआरा आलमले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का पूर्व र कार्यरत अधिकारीविरुद्ध यौन उत्पीडनको गम्भीर आरोप लगाएपछि बिसिबीले औपचारिक अनुसन्धान सुरु गरेको छ ।
सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टीकापुर पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले कैलालीको टीकापुरस्थित पर्यटकीय स्थल टीकापुर पार्कको महेन्द्र आरोग्य गृह अगाडिबाट शुक्रबार ट्रफी टुरको सुरुवात गर्नुभएको हो ।
उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।
पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीलाई गत हप्ता रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो।
एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउँदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडान प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै सबैभन्दा ठूलो र पहिलो पूर्ण डिजिटल जनगणनाको तयारी स्वरूप मोबाइल सफ्टवेयर प्रणालीको परीक्षण प्रारम्भ गरेको छ ।
अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् ।
कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको २१ दिनमा सरुवा हुनुभएको छ । नगरपालिका स्थापना भएको नौ वर्षपछि दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पाएको खुसियाली चलिरहेकै बेला प्रमुख प्रशासकीय अधिकृत पदमवहादुर बुढा क्षेत्रीको दैलेख सरुवा भएको हो ।
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छपाइ सुरु गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गुल्मीले सर्वसम्मत नेतृत्वको कसरत जारी राखेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज ब्रह्माको मन्दिर उद्घाटन गर्नुभएको छ ।