म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ स्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट साँझपख देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला सुन्दर दृश्य । अघिल्लो हप्ता परेको हिमपातका कारण हिमालहरु सेताम्मे भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाल छाडेर कहीँ नभाग्ने बरु मर्नुपरे देशका लागि यही मर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।
इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध अन्ततः हटेको छ ।
प्रतिनिधिसभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख उपसभामुखसंगको शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति जति बनाउन सक्छौ त्यतिनै लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने कुरा बिर्सन नहुने स्पष्ट पार्नुभयो।
बोलेरो जिपको ठक्करबाट लमजुङमा बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका –१, बागलुङपानी स्थित सडकमा शुक्रबार बलेरो जिपले ठक्कर दिँदा सोही ठाउँकी २ बर्षीया नेरिमा तामाङको मृत्यु भएको हो ।
सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ।
सर्लाही, महोत्तरी, रौतहटसहित विभिन्न जिल्लाका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापनका लागि तीन दिन अर्थात् ७२ घण्टा बोर्डर ‘सिल’ गर्न लागिएको हो ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–२ निवासी २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धबारे छलफल गर्न आफू खुला रहेको बताउनुभएको छ । उहाँका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।
इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता”को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्ममा गरिसक्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पहिलो पटक मध्य एसियाका सबै पाँच राष्ट्रका नेतालाई ह्वाइट हाउसमा स्वागत गर्नु भएको छ ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणको लागि सामाजिक एकता झल्किएको छ। आश्रमको भवन बनाउन शुक्रबारदेखि सुरु भएको महायज्ञको कलश यात्रामा ‘सामाजिक कार्य’का लागि विभिन्न समुदाय र क्षेत्रबिच एकता देखिएको हो।