डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ ।
उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताउनुभएको छ।
बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएको छ।
गोरखापत्र संस्थानले गोरखापत्रसँग जोडिएका विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि शोधवृत्तिको घोषणा गरेको छ । गोरखापत्र एकेडेमी अन्तर्गत प्रदान गरिने शोधवृत्ति दुई वर्गको हुनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सिफारिस समितिलाई निर्णय लिने अधिकारसमेत सुनिश्चित गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुर धौवादीमा अवस्थित शिक्षा बोधनी माध्यमिक विद्यालयमा छात्रावास स्थापना भएपछि पहाडी तथा भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीहरूलाई ठूलो टेवा पुगेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ ।उहाँलाई शुक्रबार दिउँसो काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ ।
रुकुमपश्चिममा जिल्ला सुरक्षा समितिको अगुवाईमा मतदान स्थलहरूको स्थलगत अनुगमन भइरहेको छ ।
संयुक्त अरब इमिरेट्स (युएइ)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र युएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सय १०० भन्दा बढी अफगान नागरिकलाई जेलबाट रिहा गरेको जनाएको छ ।
सूचनाको महासागरमा सही र तथ्यपूर्ण जानकारी प्रवाह गर्न काठमाडौँ महानगरपालिका र गोरखापत्र संस्थानबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् ।
पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर बग्ने हेंवा खोला गड्तीरका किसानलाई हिजो हाज उखु काट्ने, धोइ पखाली गर्ने र त्यसपछि खुदो र सखर बनाउने चटारो छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ ।