गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू मुख्यमन्त्री भएपछि वित्तीय हस्तान्तरण १५ प्रतिशतसम्म पुगेको बताउनुभएको छ । शुक्रबार डडेलधुराको अमरगढी नगरपालिकाको सभा हलमा यहाँका पालिका प्रमुख एवं कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले पहिले वित्तीय हस्तान्तरण दुई प्रतिशत मात्रै भएको उल्लेख गर्दै आफूले बढाएको दाबी गर्नुभयो ।
यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कर्णाली प्रदेश सरकारले सुशासन कायम गर्न ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याएको छ । मुख्यमन्त्री र जनताबिच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिएको हो ।
लमजुङमा गएराति बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार एक जना घाइते भएका छन् ।
आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्ने करिब निश्चित भएको छ । निर्माणको जिम्मा पाएको एनएचपिसी कम्पनी लिमिटेडले बिहीबार प्रभावित क्षेत्र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयसँग वातावरणीय प्रभाव मूल्याङ्कन मसौदामाथि सार्वजनिक सुनुवाइ गरेको छ । प्रारम्भिक अध्ययन र स्थानीयका अनुसार बैतडी, डोटी, डडेलधुरा र बझाङ गरेर चार जिल्लाका तीन हजार ३१ परिवार विस्थापित हुने देखिएको छ ।
दुई वर्षअघि भूकम्पबाट क्षति पुगेको सरकारी भवन पुनर्निर्माण नहुँदा अस्थायी टहरा र टेन्टबाट सेवा दिन बाध्य छन् । दुई वर्षअघि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । त्यसमा क्षति भएको सरकारी भवन बजेट अभावका कारण निर्माण नहुँदा अस्थायी टहरो र टेन्टमा सेवा दिइरहेका छन् ।
यहाँको भीरकोट नगरपालिकाले बजारवासीले फालेको फोहोर बेचेर मोहोर कमाएको छ । आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले भीरकोट पार्क, कवाडी बिक्री, बजार सरसफाईबाट रकम कमाएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती सामुदायिक वनमा कार्ययोजनाविपरीत जिप सफारी हुने गरेको छ । कार्ययोजनामा सूर्योदयदेखि सूर्यास्तसम्म मात्र जिप सफारी गर्न पाइने, तोकिएको स्थानबाहेक अन्यत्र जिप रोक्न र यात्रु ओराल्न नपाइने, २५ देखि ३० मिटर टाढैबाट पर्यटकलाई जङ्गली जनावर अवलोकन गराउनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्था उल्लङ्घन गर्दै जिप सफारी हुने गरेको पाइएको हो ।
गुल्मीका दुई नगरपालिका र दस गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरैले स्वास्थ्य बिमा गरेका छन् ।
नेपाल कृषिप्रधान देश हो, जसको अर्थतन्त्रमा कृषिको ठुलो हिस्सा छ । हाम्रो दैनिक भान्सामा प्रयोग हुने गुन्द्रुकदेखि प्याकेट बन्द स्न्याक्ससम्म, प्रत्येक खानेकुरा कुनै न कुनै रूपमा खाद्य विज्ञान र प्रविधिको स्पर्शबाट गुज्रिएका हुन्छन् । पछिल्ला वर्षमा देशमा खा
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरीमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जेन अल्फा इसं २०१०–१२ देखि २०२४ सम्म जन्मेका १४ वर्षसम्मका बालबालिकालाई सम्बोधन गर्ने शब्द हो । यस समूहका बालबालिकालाई विद्यालय बालबालिका पनि भन्ने गरिन्छ । बामे सर्दै गरेकादेखि अहिले १० कक्षामा अध्ययन गरिरहेका बालबालिका यसै समूहमा पर्छन् । संसारकै इतिहासमा सर्वाधिक चासो र सरोकारको पुस्ताका रूपमा यस पुस्तालाई लिने गरिएको छ । एक्काइसौँ शताब्दीको नवपुस्ताका रूपमा हेरिने यस