नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्कटमा पनि परिस्थिति समाल्ने र नेतृत्व गर्ने शक्ति कांग्रेससँग मात्र भएको दाबी गर्दै कांग्रेस देशको सबैभन्दा पुरानो र अहिलेको सन्दर्भमा सबैभन्दा नयाँ दलसमेत भएको बताउनुभएको छ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर फागुन पहिलो साताबाट घरदैलोमा पुगेर मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृतसँगै आयोगले घरघरमा पुगेर निर्वाचन सचेतना र मतसङ्केतलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगले डिजिटल प्लेटफर्मबाट अहिले पनि निर्वाचन सचेतना बढाइरहेको छ ।
तिस वर्षको मौसमी तथ्याङ्कले हरेक वर्षको फागुन २०, २१ र २२ गतेको मौसम सफा रहेको देखाएको छ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्लाको मौसम खराब रहन सक्ने र जसकारण निर्वाचन प्रक्रियै बिथोलिन्छ कि भन्ने बहस भइरहेको बेला मौसम विज्ञान विभागले यस्तो तथ्याङ्क निर्वाचन आयोगलाई बुझाएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा के परिवर्तन भयो भनेर प्रश्न गर्नेहरूलाई पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा पुस्तान्तरण गरिसकेको जवाफ दिनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।
मधेश प्रदेशका नागरिक समाजका प्रतिनिधिहरूले समुदायको सशक्तीकरणका लागि नागरिक स्थानको सुदृढीकरण, सरकारी जवाफदेहिता र समावेशी नीतिको आवश्यकतामा जोड दिएका छन्।
बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत मजबुतीलाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्देशन दिनुभएको छ ।
रौतहटमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका–१ का ४४ वर्षीय राकेशप्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई कसैले रोक्ने नसक्ने बताउनुभएको छ।
झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् ।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो साताभित्र सङ्घीय संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
२६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ विजयी भएको छ।