शिक्षक र विद्यार्थीबिचको सम्बन्ध नै शिक्षा प्रणालीको केन्द्र हो । विद्यालयमा आधुनिक पुस्तक, प्रविधि र आकर्षक कक्षा भए पनि शिक्षक विद्यार्थीबिच विश्वास, सम्मान र नैतिकतामा आधारित सम्बन्ध छैन भने शिक्षा प्रभावकारी हुँदैन । वास्तविक सिकाइ जब विद्यार्थीले शिक्षकमा भरोसा गर्छन् र शिक्षकले विद्यार्थीलाई सम्मानपूर्वक बुझ्छन् त्यति बेला मात्र सम्भव हुन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ ।
विश्वमा र्याफ्टिङको अवस्थाबारे कुरा गर्दा अमेरिका, न्युजिल्यान्ड, क्यानडा, कोस्टारिका, अस्ट्रेलिया, चिली, नर्वेलगायतले यस क्षेत्रमा ठुलो प्रगति गरेका छन् । हाम्रै छिमेकी देश भारतले पनि यसको राम्रो प्रगति गरेको छ । ‘२०२२ कमर्सियल रिभर युज रिपोर्ट’ अनुसार अमेरिकामा ४८ वटा प्रमुख नदीमा १४/१५ लाखभन्दा बढी पर्यटक बर्सेनि ¥याफ्टिङको रमाइलो गर्न जाँदा रहेछन् । त्यसै गरी
सिरहा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लक्ष्मीपुर पतारी गाउँपालिका–६, सितापुरका स्थानीयवासीले दशकौँदेखि झेल्दै आएका समस्याहरू समाधान गर्ने विश्वसनीय प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन्।
अहिले जुनसुकै क्षेत्र प्रतिस्पर्धायुक्त छ । त्यसमा पनि लोक सेवा आयोगद्वारा लिइने विभिन्न प्रतियोगितात्मक परीक्षामा त प्रतिभाशाली नवयुवाको झन् बढी प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धामा अब्बल र सफल ठहरिन पढेर मात्र हुँदैन । पढेको कुरा स्मरण गरेर निर्धारित समय सीमाको परीक्षामा राम्ररी प्रस्तुत गर्न सक्नु पर्छ । लेखाइ भनेको अक्षरहरूको पुञ्ज मात्र होइन ज्ञान, तर्क र सिलसिलाको
भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप शनिबार सुरु हुँदै छ । विश्वकप कुनै पनि खेलाडीका लागि प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने यो ठुलो मञ्च हो । यसपालि पनि विश्वकपमा त्यस्ता केही खेलाडी छन् जसले सबभन्दा बढी छाप छोड्न सक्छन् । तीमध्ये पाँच खेलाडीको यहाँ चर्चा गरिएको छ ।
स्याङ्जामा क्रियाशिल पत्रकारहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
चलचित्र ‘बिगुल’ को बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रसम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्र निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्की बिच एक सम्झौतामा हस्ताक्षर भएको थियो ।
युवा कलाकार सुरेम देशारलाई ‘अरनिको युवा कला पुरस्कार’ शुक्रबार राजधानीमा प्रदान गरिएको छ । राष्ट्रिय युवा कोषद्वारा राष्ट्रिय विभूति अरनिकोको नाममा स्थापित सो पुरस्कारको राशि ४० हजार रुपियाँसहित सम्मानपत्र रहेको छ । सो पुरस्कार प्राज्ञ विजय थापाले प्रदान गर्नुभएको हो । नेपाली कलाको संरक्षण र विकासमा सहयोग पु¥याउने लक्ष्यसहित कोषले सो पुरस्कार स्थापना गरेको हो ।
कवि खड्गबहादुर बोहराको नयाँ कविता सङ्ग्रह ‘पहिलो दिनको पहिलो प्रहर’ विमोचन गरिएको छ । कृतिको विमोचन गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार तथा समालोचक डा. महेन्द्रकुमार मल्लले बोहराको सिर्जनालाई ‘समय, समाज र चेतनाको ऐना’ को संज्ञा दिनुभयो ।
ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखुमा शुक्रबारदेखि सुरु भएको हो ।
शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘कुमारी’ युवा–युवतीको प्रेम कथामा आधारित छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खाडी र मलेसियामा निःशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन नभएको हुँदा यसलाई खारेज गर्नुपर्ने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको समन्वय बैठककै क्रममा घिमिरे अचानक बेहोस भएर ढल्नुभएको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सवा आठ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म आठ अर्ब १७ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा छ अर्ब ४८ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो ।