परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताउनु भएको छ।
किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।
ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका छन्।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार मात्र बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमपश्चात दीक्षित भएका जवानहररू ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले विभिन्न कारणले जिल्लामा १६ जना सुत्केरी आमा तथा ८८ वटा शिशुको चालु आवमा ज्यान गएको बताउनुभयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।
तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटक सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्न स्वाभाविकै हो ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन् ।
गङ्गा दसहराको अवसरमा कैलारीले पालिकामा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो। गङ्गा दसहरा ऐतिहासिक र धार्मिक पर्वको रूपमा विशेष आस्था र महत्त्वका साथ मनाउँदै आएको भन्दै सो पालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चाबाट यस वर्षको मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ ।
अतिक्रमणका कारण अस्तित्व गुमाएको पुरैना ताल पुन:स्थापनाको कार्य सुरु भएको छ ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा लमजुङका स्थानीय तहको अनुदान बजेट बढेर आउने भएको छ। चालु आर्थिक वर्षको बजेटको तुलनामा १२ करोड ९५ लाख रुपियाँ बढी बजेट आउने भएको हो।