आसन्न निर्वाचनका लागि मत माग्न आउने उम्मेदवारलाई दाङको घोराही–१७, गुलरियाका किसान प्रेम चौधरीको एउटै प्रश्न हुने गरेको छ, मलको अभाव कहिलेसम्म झेल्नुपर्ने हो हामी जस्ता किसानले ? आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रेम चौधरी जस्तै हरेक मतदाताले अहिले आफ्ना समस्या किन समाधान हुन सकेका छैनन् र कहिले समाधान हुन्छन् भन्ने जिज्ञासा राख्ने गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासीको चुनावी माहौल रोचक बन्दै गएको छ । निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधि सभामा दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा चुनाव बहिष्कार गरेका दलहरूलाई सुरक्षा निगरानीमा राखेको छ । निर्वाचन बहिष्कार गरेका केही समूहले भोट नहाल्न आग्रह गर्दै गरेको पर्चा छरेको भेटिएको छ । त्यस कारणले ती दलमाथि निगरानी बढाएको बताइएको छ । सुरक्षा अधिकारीका अनुसार मोहन वैद्य नेतृत्वको व्रmान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिस्ट वैज्ञानिक समाजवादी पार्टी, समरजङ्ग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् ।
रुपन्देहीमा एकै घरका दुई दाजुभाइ दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई दाजुभाइ उम्मेदवार बन्नुभएको हो ।
बर्दिया जिल्लामा केही समययतादेखि चितुवाको आक्रमण बढ्दै जाँदा त्रसित बनेका स्थानीय बासिन्दा न्याय माग्दै जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका छन् । बिहीबार एकै दिन गुलरिया नगरपालिका–४, तुस्लिपुरका ३६ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९ बस्ने मैसरा डाँगीको चितुवाको आक्रमणबाट मृत्यु भएपछि न्याय माग्दै स्थानीय परिवार जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका हुन् ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती थपिएको छ । कैलाली कारागारबाट फरार भएका धेरै कैदीबन्दी अझै कारागार नफर्केपछि प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको हो ।
मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौं संकरण आज (शनिबार)बाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।
नवौँ वालिङ महोत्सवमा विद्यार्थीको उत्कृष्ठ कला प्रदर्शन गरिएको छ । “हाम्रो मौसम हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित नवौँ वालिङ महोत्सवमा स्टलको ठिक अगाडि विद्यालयहरुले शैक्षिक प्रदर्शनी गरेको हो ।
जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्धघाटन गर्न बैतडीको गढी पुगेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता, इमान्दारिता र निष्ठापूर्वक काम गरे मात्र न्याय सेवा सरल, छरितो र कम खर्चिलो बन्ने बताउनुभएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलमा जिल्ला सुरक्षा समितिले चासो लिएको छ । सुरक्षाका दृष्टिले वर्गीकरण गरिएकामध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई समितिले विशेष चासो दिएको हो ।
कर्णाली प्रदेशमा १० जिल्ला र १२ निर्वाचन क्षेत्र छन् । यस पटकको निर्वाचनको नतिजालाई लिएर आमचासो देखिएको छ । १२ सिटमा १३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
आगामी वैशाख मसान्तभित्र पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी अभियान थालेको छ । गत वर्षको खोप अभियानमा छुटेका र चालु वर्ष पनि छुट्न सक्ने संभावित क्षेत्रमा विशेष टोली बनाएर खोजी थालिएको हो ।
नेपालको औद्योगिक क्षेत्रमा संलग्न रहने निर्माण, खानी, विद्युत्, ग्यास जस्ता क्षेत्रहरूबाट राष्ट्रिय अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) मा ११–१४ प्रतिशतसम्म योगदान रहेको र ५५ देखि ६० प्रतिशतसम्म सेवा क्षेत्रको यसमा अंश रहेको एक अध्ययनले देखाएको छ । निर्माण क्षेत्र (म्यानुफ्र्याक्चरिङ) मा पनि सन् २०२३/०२४ को अवधिमा करिब पाँच प्रतिशतले गिरावट आएको अर्को अध्ययनले देखाएको
निर्माणकार्य भइरहेको गुल्मी अस्पतालको भवन समयमै सम्पन्न भएका कारण मूल्याङ्कनमा पछि पर्दै आएको छ । केही वर्ष पहिले जनशक्तिको चरम अभाव थियो । अहिले भवनका कारण गुणस्तरीय सेवा प्रवाहमा सास्ती भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।