आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी जिल्लामा इजाजतप्राप्त हातहतियार सङ्कलन प्रभावकारी हुन नसक्दा चुनावी सुरक्षामाथि प्रश्न उठ्न थालेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको छ ।
धनकुटामा माघ २७ देखि २९ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा मुख्य दल र स्वतन्त्रसहितका ३६ जना उम्मेदवारहरु गाउँगाउँमा मत माग्न पुग्न थालेका छन् ।
सप्तरीमा ९ हजार ७ सय ८९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभरका मतदान केन्द्रहरूमा पाँच सयभन्दा बढी कर्मचारी खटिने भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तोकिएको आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको मुस्ताङका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।
पूर्व पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान करिब ५ः४० बजे मनहरी–७ शिविरमा ट्रक दुर्घटना हुँदा चालक पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २७ वर्षीय सन्दिप चौधरी र सहचालक सोही स्थानका २० वर्षीय विशाल चौधरी घाइते हुनुभएको हो ।
कोशी राजमार्गबाट भित्र छिर्नेबित्तिकै विराटनगर–४ को वनलौरीटोल पुगिन्छ । महानगरभित्रको यस बस्तीको दृश्यले यो सहर नै हो त भनी जोकसैको मनमा प्रश्न उठिहाल्छ ।
चैनपुर नगरपालिका–१, याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटका लागि ६५ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा हुँदा करिब २३२ अर्थात् ६.८१ प्रतिशत दलित समुदायका व्यक्ति चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३५ वर्षमुनिका ११ युवा चुनावी मैदानमा उत्रिएका छन् । हालै सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिने व्यवस्था गरिएको छ । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ मा भने १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिने व्यवस्था थियो ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-६, भोर्लाबास खोलाको किनारमा फसेको अवस्थामा एक चितुवाको बिहीबार साँझ उद्धार गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले विभिन्न वाचा तथा प्रतिबद्धतासहित मतदातासँग भेटघाट गरिरहेका छन् । मतदातले पनि निर्वाचन क्षेत्रका विभिन्न समस्यालाई उम्मेदवारसामु राख्न थालेका छन् । सोही क्रममा बाँके क्षेत्र नं. १ का मतदाताले हालसम्म मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र राप्ती नदीको कटान र डुबानलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।