बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल गुप्ताको ९७ औं जन्मजयन्तिको अवसर पारेर नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा भएको पत्रकारका लागि निःशुल्क मुटु जाँच शिविरमा करिब सयजना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ ।
मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागलुङमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ ।
मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।
पश्चिम मकवानपुरको दुर्गम गाउँबस्तीहरुमा गरिएको अवैध लागुऔषध गाँजा खेती नष्ट गरिएको छ । तीन दिनको अवधिमा परिचालित प्रहरी टोलीले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न क्षेत्रहरुमा लगाइएको ३० बिघा १० कट्ठा जग्गाको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका महादिर्शेक प्रदीप अधिकारीले नेपालगन्जबाट भारतका केही ठुला सहरहरुमा छिटै हवाई उडान सुरु गरिने बताउनु भएको छ ।
गोरखा नगरपालिका–८ को वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ ।
नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।
कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका वडा ९ का किसानले अत्याधुनिक धान काट्ने मेसिन खरिद गरेका छन् ।
यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करण आजदेखि सुरु भएको छ । क्रिकेट सङ्घको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता आज यहाँ आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।
हुम्लाको सिमकोट गाउँपालिका–७ वडा कार्यालय निर्माणमा स्थानीयले विरोध जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सौराहामा सुरु भएको छ । विस्तारित बैठक सुरु हुनुअघि आज बिहान पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको हो ।
रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा पाएका छन् ।
हात्तीको नङ काट्ने परम्परा पहिले देखिको हो । प्राविधिक ज्ञान भएर वा नभएर नेपालमा परम्परागत रुपमा हात्तीको नङ काट्ने गरिन्थ्यो । आठ वर्ष अगाडि अमेरिकी चिकित्सकको टोली नेपालमा आएर हात्तीको नङ कसरी काट्ने भनेर नयाँ तरिका सिकाए । अहिले हात्तीको नङ काट्न सहज र फलदायी भएको छ।