कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।
गिट्टी कुटेर हुम्लाका महिलाले आम्दानी गर्दै आएका छन् । अन्नबाली थन्क्याएर बेरोजगार बस्नुभन्दा अतिरिक्त आम्दानी हुने भएकाले महिलाले गिट्टी कुट्ने काम गरिरहेका हुन् । खार्पुनाथ गाउँपालिका–४ को छिप्रागाउँकी रुक्बिनी उपाध्यायले हाल दैनिक गिट्टी कुटेर आम्दानी गर्दै आएको बताउनुभयो । बिहान ९ बाट बेलुका ५ बजेसम्म गिट्टी कुटे कमाइ गर्दै आएको उहाँको भनाइ छ । अन्नबाली थन्क्याउने काम सम्पन्न भएपछि महिलाले दैनिक गिट्टी कुटेर आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य बिमा गरेकाहरूले समयमा औषधी नपाएको, बिमा कार्यक्रम लागुभएका अस्पतालको दिने सेवा गुणस्तर नभएको भन्नेलगायतका गुनासा निरन्तर आउने गरेका छन् तर त्यही स्वास्थ्य बिमाप्रति गाउँघरमा आकर्षण बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष बिमा गराउने र बिमाबाट उपचार सेवा पाउनेको सङ्ख्या बढीरहेको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।
गुल्मीका स्थानीय तहका न्यायिक समितिमा एक वर्षमा एक सयभन्दा बढी उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका न्यायिक समितिमा १३६ उजुरी दर्ता भएका हुन् । जसमध्ये १२३ उजुरी फस्र्योट भएको न्यायिक समितिले जनाएका छन् । जिल्लाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी विवाद समाधानसमेत गरिएको छ । विशेष गरी मानाचामाल, अंशबन्डा, लेनदेन, ज्याला मजदुरी, साध सिमाना जस्ता मुद्दा प्रमुख रूपमा दर्ता हुने गरेका छन् । गाली बेइज्जती, सामान्य कुटपिट, घरेलु हिंसा, श्रीमान्श्रीमतीबिचको बेमेललगायतका उजुरी पनि आउने गरेका छन् ।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनका लागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्वबारे तालिम आवश्यक पर्छ ।
लामो समयसम्म नारायणी नदी पार गर्न काठको डुङ्गामा निर्भर रहँदै आएको सुस्ता अहिले सुगम बन्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुस्ता गाउँपालिकाको नाम यसको ऐतिहासिक स्थल ‘सुस्ता’ बाट राखिएको हो तर यही सुस्ता गाउँ लामो समयसम्म आफ्नै गाउँपालिकाको मुकामसँग पनि टाढा रहँदै आएको थियो । एकातर्फ भारतीय अतिक्रमणको पीडा, अर्कातर्फ आधारभूत पूर्वाधारको अभावले सुस्तावासीको जीवन विगतमा निकै पीडादायी थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर मतदाता नामावली दर्ता र अद्यावधिकको काम सुरु भएको छ । लुम्बिनी प्रदेशका हरेक गाउँबस्तीमा मतदाता नामावली दर्ता गर्ने लहर चलिरहेको छ ।
जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् ।
देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् ।
काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपालगन्जको एउटै टोलका दुई जना विद्यार्थी सहिद भएका छन् । नेपालगन्ज–१, धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय शुलभ श्रेष्ठ काठमाडौँमा भएको जेनजी आन्दोलनमा गोली लागेर सहिद हुनुभएको हो ।
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका छन् ।