निर्देशक सुदीपभूपाल सिंह निर्देशित चलचित्र ‘श्री बुकुरो : दी होम कलिङ’ को प्रेमिल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्यबिच गहिरो प्रेमको भावलाई प्रस्तुत गरिएको छ । पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।
भारतमा दुधको मूल्यमा वृद्धि भएसँगै नेपाली सीमाक्षेत्रबाट चोरीको बाटो हुँदै दुध र नौनी भारत जाने गरेको छ । सीमाक्षेत्रमा रहेका चिस्यान केन्द्रले क्यानमार्फत खेताला लगाएर दुध भारततर्फ लैजाने गरेका हुन् ।
प्रेस चौतारी कैलाली शाखाले डेढ लाख रुपियाँको पत्रकार अक्षयकोष स्थापना गरेको छ । आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर चौतारीले पत्रकार अक्षयकोष स्थापना गरेको हो ।
सार्वजनिक सेवा प्रवाहलाई आमजनतामाझ पु¥याउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भूमिका महìवपूर्ण हुने गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ । कम्पनीको २२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा टेलिकम राज्यको महत्वपूर्ण सहयोगी संस्था भएको उल्लेख गर्नुभयो । “टेलिकम दूरसञ्चार संस्था मात्र होइन,” उहाँले भन्नुभयो, “यो राज्यको डिजिटल मेरुदण्ड हो ।”
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपियाँ २८ पैसा र बिक्रीदर १४४ रूपियाँ ८८ पैसा तोकिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरस्टोरको कोटेश्वर सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । आगलागीबाट क्षतिग्रस्त भएका विभिन्न आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ । आन्दोलनका क्रममा भाटभाटेनीका १२ विभिन्न सुपरस्टोर क्षतिग्रस्त बनेका थिए ।
चीनसँगको व्यापारिक नाका हिल्सामा क्वारेन्टाइन जाँचचौकी स्थापनाका लागि पहल गर्ने उम्मेदवारको प्रतिबद्धता करिब दुई दशकदेखि यथावत् छ । दल र उम्मेदवारले चुनावी प्रचारका बेला त्यसका लागि पहल गर्ने आश्वासन दिने तर निर्वाचित भएर गइसकेपछि बिर्सने भएका कारण यो मुद्दा अहिले पनि यथावत् रहेको हो ।
बर्दियामा परम्परागत खेती किसानी गर्दै आइरहेका कृषक केही वर्षयता प्रविधिमैत्री बन्दै जान थालेका छन् । परम्परागत रूपमा खेती गर्दा समय र लागत बढ्दै जाने तथा उत्पादनसमेत कम हुन थालेपछि बर्दियाका कृषक अहिले प्रविधितर्फ आकर्षित हुन थालेका हुन् । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादनसमेत बढ्दै गएको देखिन्छ भने लागतसमेत कम हुँदै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउनुभएको छ । निर्वाचनको मतपत्र छपाइ गरिरहेको भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेपछि बिहीबार प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । निर्वाचन एकै चरणमा सम्पन्न हुने विषयमा निश्चिन्त हुन अनुरोध गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अब चुनाव आयो, निश्चिन्त हुनूस् ।
नेपालको मौलिक अर्थतन्त्रको पर्याय मानिने कृषि प्रणालीमा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनको अभ्यास अब किसानले आफ्नो घरखेतबाटै गर्न सक्ने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६ देखि ८ गतेसम्म दिवस मनाउने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेपछि विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई गम्भीर चासोका रूपमा हेरिएको जनाएको छ । पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको र नागरिकको खबरदारीका रूपमा हेरेको उल्लेख गरेको छ ।
सैन्य आक्रमणको धम्की दिइरहेको अमेरिकाले शुक्रबार इरानसँग वार्ता गर्दै छ । परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि वार्तामा बस्न अमेरिकाले लगातार विभिन्न तरिकाले दबाब दिएपछि इरान अन्ततः वार्ताका लागि तयार भएको हो । दुई देशबिच ओमानको राजधानी मस्कटमा वार्ता हुने सहमति भएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।