शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । निर्देशक सुदीपभूपाल सिंह निर्देशित चलचित्र ‘श्री बुकुरो : दी होम कलिङ’ को प्रेमिल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्यबिच गहिरो प्रेमको भावलाई प्रस्तुत गरिएको छ । पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा तथा पटकथा स्वयम् निर्देशक सिंहले लेख्नुभएको हो भने रुबीसेन सिंह निर्माता हुनुहुन्छ । सञ्जय लामा र राजेश श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा रनजित गजमेर र वसन्त सापकोटाको सङ्गीत रहेको छ ।