• २३ फागुन २०८२, शनिबार

कपिलवस्तु २ मा रास्वपाका थापाको अग्रता

blog

रास्वपाका उम्मेदवार विक्रम सिंह थापा ।

नारद कोहार
तौलिहवा(कपिलवस्तु), फागुन २३ गते ।
कपिलवस्तु क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ ।  रास्वपाका उम्मेदवार विक्रम सिंह थापाले २० हजार २७० मत ल्याएर अग्रता लिनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले ११ हजार ६०८ मत ल्याएर पछ्याइरहनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बृजेश कुमार गुप्ताले १० हजार ६९५ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।