दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन २३ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार बिहान सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का उम्मेदवार बुद्धिबहादुर पन्तले १४ हजार दुई सय ४४ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार प्रदिप यादवलाई पछि पार्दै विजयी हुनुभएको छ ।
रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत प्राप्त गरी प्रतिद्वन्द्वीलाई १४ हजार २४४ मतको फराकिलो मतअन्तरले विजयी हुनुभएको हो ।
निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदिप यादवले ल्याउनु भएको १३ हजार ३० मतभन्दा बढी मत अन्तरलेपछि पार्दै रास्वपाका उम्मेदवार पन्त विजयी हुनुभएको हो ।
पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रूगंटा ११ हजार ८८५ मत प्राप्त गरी तेश्रो स्थानमा हुनुहुन्छ ।