• २३ फागुन २०८२, शनिबार

गुल्मी २ मा रास्वपाका पन्थी विजयी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी

तिलाचन पाण्डे
तम्घास(गुल्मी) फागुन २३ गते ।
गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज विष्टलाई ४९६ मतान्तरले पछाडी पार्दै जित हासिल गर्नुभएको हो ।

पन्थीले १६ हजार ८७८ मत ल्याउनुभयो भने विष्टले १६ हजार ३८२ मत प्राप्त गर्नुभएको हो । विष्टले यस क्षेत्रमा २०५६ सालदेखि २०६४ मा बाहेक निरन्तर जित हात पार्दै आउनुभएको थियो ।