• २३ फागुन २०८२, शनिबार

रूपन्देही-२ मा रास्वपा सुलभ खरेल विजयी

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल

छविलाल पाण्डे 
बुटवल, फागुन २३ गते ।
रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले भारी मतान्तरसहित विजयी बन्नुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले हराउँदै खरेलले जित हासिल गर्नुभयो । 
सुलभले ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याउनुभयो ।

नेपाली कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिपले १४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।