शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २३ गते । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । शर्माले १२ हजार ६४७ मत लिएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाए । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्नुभयो ।
कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । शुक्रबार बिहान ८ बजेदेखि मतगणना गर्ने भनिए पनि १०ः३० बजेबाट मात्रै सुरु भएको थियो । छ पालिका रहेको यस क्षेत्रमा ४८ वडा छन् ।