• ८ चैत २०८२, आइतबार

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

blog

सङ्खुुवासभा, माघ  २३ गते ।  चैनपुर नगरपालिका–१,  याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१, याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्णरूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे । रासस