• २१ माघ २०८२, बुधबार

कुमाल मृत अवस्थामा फेला

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), माघ २१ गते। गुल्मीको इस्मा गाउँपालिका–२, राजचौर बस्ने ४७ वर्षीय निमबहादुर कुमाल बुधबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

मङलबार घरबाट तम्घास जाने भनेर हिँड्नु भएका कुमाल छल्दीपनाह खोलाको कुलोमा मृत अवस्था फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो। 

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको सारुले जानकारी दिनुभयो।