शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुल्मी, माघ २१ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा मुल समारोहको आयोजना गर्दैछन्।