आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट ११ दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । तीमध्ये मुख्य चार दल कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितले मत नखसाल्ने मनसाय बनाएका छन् । झन्डै चार सय परिवारका आठ सयभन्दा बढी निकुञ्ज विस्थापितले आंशिक मागसमेत पूरा नगरिए उम्मेदवारलाई मत नखसाल्ने बताएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –१० मा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ । वडाको टोट्टेगाउँ निवासी ४८ वर्षीय विनोद ओलीले मृत्यु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, बाँके जङ्गलमा बुधबार बिहानपख कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
नेपालको व्यवस्थापिका द्विसदनात्मक छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त रूप नै व्यवस्थापिका अर्थात् संसद् हो । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले कार्यभार समालेको पाँच महिनामा पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्नुभएको छ । सोमबारको सम्बोधनमा उहाँले आउँदो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु बन्नुपर्नेमा जोड दिनुभएको छ
निजामती सेवाको सुरुवात नै प्रशासनिक कामलाई राजनीतिक विचारको आग्रहबाट निष्पक्ष राख्नका लागि भएको हो । बेलायतले सन् १८५३ देखि निजामती सेवा आयोग बनाई पदपूर्ति व्यवस्थालाई योग्यतामा आधारित बनाई यसलाई भाइभारदारबाट अलग गरी आम सर्वसाधारणको सेवामा लगायो । राजनीतिक संरक्षणको सिद्धान्तको चरम दुरुपयोग भएको संयुत्तक्त राज्य अमेरिकामा सन् १८८
नेपालमा क्यान्सर रोग बढिरहेको छ । नसर्ने रोगमध्ये क्यान्सर एक प्रमुख रोग हो । क्यान्सर दिवसको दिन मात्र जनचेतनाका कार्यक्रम गर्ने चलन छ, जुन गलत हो । क्यान्सरसम्बन्धी जनचेतना सधैँभरि जगाउनु पर्छ । विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । यो वर्षको विश्व क्यान्सर दिवसको नारा ‘सबै मिलेर सहकार्य गरौँ’ भन्ने रहेको छ । जनचेतनाका कार्यक्रम दिवसलाई लक्षित गरेर मात्र बनाइनु हुँदैन ।
आर्थिक समृद्धिमा प्राकृतिक स्रोत १. प्राकृतिक स्रोतको परिचय दिँदै मुलुकको आर्थिक समृद्धिमा प्राकृतिक स्रोत परिचालनले गर्ने योगदानबारे चर्चा गर्नुहोस् । साथै, नेपालको तीन तहको सङ्घीय संरचनामा प्राकृतिक स्रोत परिचालनमा तहगत सरकारले गर्ने लगानी तथा प्रतिफलको हिस्सा निर्धारण गर्ने आधारहरू समेत उल्लेख गर्नुहोस् । प्रकृतिबाट प्राप्त हुने सबै जैविक
१. सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३–२०८६/८७) कहिले सार्वजनिक गरेको हो ? विसं २०८२ माघ १४ – दोस्रो वित्तीय क्षेत्र विकास रणनी
१०० वर्ष अघिको गोर्खापत्र