आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
भोजपुर, कात्तिक १८ गते । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो ।“लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, वडाध्यक्ष उहाँले भन्नुभयो, “राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।”यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताउनुभयो । पक्की पुल नहुँदै आवतजावतमा समस्या रहेको उहाँको भनाइ छ ।“राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ”, उहाँले भन्नुभयो, “पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।”२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो।पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । रासस
सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना प्रहरी नायब महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।
आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नुभएको हो ।
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् ।
लोकतान्त्रिक प्रणालीमा ताजा जनादेश अपरिहार्य हुन्छ । कुनै एक पटक लिएको जनादेश सधैँका निम्ति मान्य हुन सक्दैन । जनताको भावना, इच्छा, आवश्यकता र चाहना बदलिरहन्छन् । ती भावना, इच्छा, आवश्यकता र चाहनालाई शासनसत्तामा बस्नेले कदर गरिरहनु पर्छ ।
अहिले अप्रत्याशित रूपमा अर्थतन्त्रमा शिथिलता आएको होइन । २०७२ सालको भूकम्प, आर्थिक नाकाबन्दी, कोरोना भाइरस, अन्तर्राष्ट्रियस्तरमा इन्धनमा भएको मूल्यवृद्धि जस्ता कारणले नेपालको अर्थतन्त्रलाई शिथिल बनाएको हो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले थप शिथिल बनाउन सहयोग पु¥यायो । आन्दोलनबाट महत्वपूर्ण सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेता तथा व्यवसायीका आवासगृहलगायत अन्य
तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो ।
साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराध हुन् । विज्ञान र प्रविधिको विकाससँगै अपराधको संसार पनि विकसित भएको छ । साइबर अपराध पनि विज्ञान र प्रविधिसँग जोडिएको अपराध हो ।
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।