आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक सम्पन्न गरेको छ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले जनताको विश्वासको घर भएकाले कसैले किनारा लगाउन नसक्ने बताउनुभएको छ ।
चेन्नईस्थित एमए चिदाबरम मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्नुभएको छ । टस हारेको युएईले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच आज यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चार दिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस, टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा उच्च पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा जावलाखेलले नव जनजागृतिलाई ४–० गोलले हरायो ।
प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताउनुभएको छ ।
देउराली जनता फर्मास्युटिकल्स प्रालिले चितवनको भरतपुरमा कारखाना निर्माण गर्ने घोषणा गरेको छ ।
दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
यहाँको प्रतिकुल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले मृत यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको अनुसन्धानमा गवाही दिने सहमति जनाउनु भएको छ ।
विश्व सिमसार दिवसको अवसरमा लुम्बिनी विश्व शान्तिमञ्चले छात्रवृत्ति वितरण, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरेको छ। मञ्चले रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका –१० स्थित लुम्बिनी आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
ज्ञानोदय बुद्ध विहार बागलुङको आयोजनामा दोस्रो महापरित्राण शुत्र वाचन हुनेभएको छ । बौद्ध धर्मअनुसार यो शुत्र वाचनलाई महान ज्ञान महायज्ञको रुपमा लिइन्छ ।
झापा क्षेत्र नं. ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन ।
नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो (डब्ल्युटी) को वर्ष २०२५ को उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड जित्नुभएको छ ।