छसय किलोमिटर फन्को मारेर बिरामी भएपछि कैलालीमा उपचार पश्चात पुनर्जीवन पाएको अत्ति सङ्कटापन्न सानो खैरो गिद्धको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा अवसान भएको छ ।
कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उदो युगेन भोल्जले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा चुनाव भयो भने भाग लिने बताउनुभएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड झण्डै दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ ।
लिगअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लामिन यमालले नवौँ, फेरान टोरेसले ११औँ र मार्कस रासफोर्ड ६१औँ मिनेटमा गोल गर्नुभयो ।
आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि भारतल जितेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
जेनजी आन्दोलनको क्रममा आगजनि र तोडफोडबाट क्षतिग्रस्त भएको एमालेको बाँके जिल्ला पार्टी कार्यालय पुनर्निर्माणका लागि क्षेत्र नम्बर १ का कार्यकर्ताले दश लाख रुपियाँ सहयोग गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा सरकारको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन १४ बुँदे निर्देशन दिनुभएको छ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जेन्जी पुस्ताले अघि सारेको माग उचित भएको तर त्यसको आवरणमा अरुले खेलेर युवा पुस्तालाई बदनाम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गर्नुभएको छ।
इरानले रुसको सहयोगमा आठ वटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ ।
नेकपा (एमाले) बाँकेले जेन्जी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरेको छ । जेन्जी आन्दोलन लगत्तै पार्टीका भेला र बैठक आयोजना गरिएकोमा अब जनप्रदर्शन लगायतका कार्यक्रम गरिने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुग्नु भएको छ ।