काठमाडौँ, माघ २० गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अहिले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
चेन्नईस्थित एमए चिदाबरम मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्नुभएको छ । टस हारेको युएईले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । नेपालले अभ्यासको दोस्रो तथा अन्तिम खेल बिहीबार क्यानाडासँग खेल्ने छ ।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश (टोली) लाई चार समूहमा विभाजन गरिएको छ ।
जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । समूह चरणका नेपालको सबै खेल मुम्बईमा हुने छ ।