आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र ऐतिहासिक संस्कृति विशाल छ । त्यसबारे यथोचित अनुसन्धान हुन नसकिरहेको बेला आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अनुसन्धानमा युवालाई उत्प्रेरित गर्नेगरी तीन दिने ज्ञान सम्मेलन सुरु गर्दैछ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले एन्फा नेतृत्वले ‘अर्ली इलेक्सन’का नाममा विधान विपरित काम गरिरहेको आरोप लगाउनुभएको छ ।
सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यापन क्युएए प्राप्त गरेको छ ।
पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो ।
सल्यानको शारदा नगरपालिका–२, खलङ्गास्थित सिँचाइ कार्यालयनजिक खलङ्गा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
इरानले सोमबार मुलुकमा रहेका युरोपेली सङ्घ (इयू) का सबै राजदूतलाई बोलाएर अर्धसैनिक रिभोलुसनरी गार्डलाई आतङ्कवादी समूहको सूचीमा राखिएको भन्दै विरोध जनाएको छ ।
सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताउनुभएको छ । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आफू त्यसकालागि लाग्ने प्रतिवद्धता जनाउनुभएको हो ।
इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ ।
महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा सरकारी सार्वजनिक जग्गा (पोखरी) व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पाकिस्तानले भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।
राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागु हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गर्नुभएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।