सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २४७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा ज्वरोका लक्षण देखिएका ६७ जनामध्ये २३ जनामा स्क्रब टाइफस र एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका तीन कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन बादीले निर्वाह गरेका पात्रलाई प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा निर्माण भएको सङ्केत गरेको छ । पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग खुसी मुद्रामा देखिनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो । सरकारले विसं २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यसबाहेक यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो ।
सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो ।
वर्षा र हिमपातका कारण गत सोमबारदेखि हिमाली जिल्लामा रोकिएका पर्यटकको उद्धार जारी छ । बाक्लो हिमपात र प्रतिकूल मौसमको कठिनाइका कारण म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखुम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा रोकिएका पर्यटकको पाँचौँ दिन पनि उद्धार जारी रहेको हो ।
जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदैगएको र आइतबार थप सुधार हुने जनाएको छ ।
आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबिच सहमति भएको छ। नर्सहरूको माग सम्बोधन गर्न शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सहमति गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले 8जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।
भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्।
लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित रामबजार र कास्कीको रूपा गाउँपालिका–१ स्थित स्यास्त्रीको बीच मादी नदीमा हरिबोधिनी एकादशीको अवसरमा आज तोरण तार्दै भक्तजन।
निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र ०२ ०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो।