घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो ।
नेपालगन्जमा सञ्चालन भइरहेको दोस्रो नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ मा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ३१ पदकसहित अग्रता लिएको छ ।
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।
बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् ।
कालीकोट सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुनेगरेको छ । कुनै पनि महिनामा राम्रोसँग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी सधै काकाकुल छन् । पानीको अभाव झेलिरहेको यहाँका नागरिक जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ ।
पानी पर्न रोकिएपछि खुलेको तम्घास । लगातारको वर्षा रोकिएपछि शनिबार रेसुङ्गा क्षेत्रको गर्जुराबाट देखिएको गुल्मीको सदरमुकाम तम्घासको बजार क्षेत्रसँगै आसपासको सुन्दर र रमणीय दृश्य। तस्बिरः रमेश विश्वकर्मा
काठमाडौंबाट महेन्द्रनगरका लागि फर्केको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ वाणीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् ।
काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा सुरु भएको छ ।
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ ।
निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।