• १९ माघ २०८२, सोमबार

निषेधको राजनीतिले सुरक्षा चुनौती

blog

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई स्वागत गर्दै विद्यार्थी ।

हिले समाचारदाता 

हिले, माघ १९ गते  । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले कोशी प्रदेशमा निर्वाचन सुरक्षा चुनौती बढेको बताउनुभएको छ । धनकुटा सदरमुकामको बालमन्दिरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पराजुलीले निर्वाचन नचाहने तथा नयाँ र पुरानाका नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा चुनौती थपेको बताउनुभयो । कोशीमा निर्वाचनकेन्द्रित विशेष सुरक्षा रणनीतिसाथ होसियारीपूर्वक काम भइरहेको पनि बताउनुभयो । मन्त्री पराजुलीले निर्वाचन नचाहने शक्तिको यस्ता काममा बढी भूमिका रहेको उहाँको भनाइ छ ।

निर्वाचनलक्षित सभा, भेटघाट, घरदैलो र सामाजिक सञ्जालमा समेत नयाँ र पुरानाका नाममा गैरराजनीतिक र निषेधलाई बल पुग्ने गतिविधि भइरहेकाले त्यसले खतरा निम्तन सक्ने मन्त्री पराजुलीको भनाइ छ । कोशी प्रदेशमा पनि विशेष गरी झापा निर्वाचन क्षेत्र नं. २ र ५ मा सुरक्षाको जोखिम विश्लेषण गरेर सोही अनुरूपको सुरक्षा व्यवस्थापन र तयारी प्रदेश सरकारले गरिरहेको जनाइएको छ । माघ ९ मा बसेको कोशी प्रदेश सुरक्षा समन्वय बैठक र १४ को राष्ट्रिय सुरक्षा परिषद्सँगको अन्तव्रिर्mयामा पनि कोशी प्रदेशको निर्वाचन सुरक्षाको विषयलाई आफूले गम्भीर रूपमा राखेको उहाँको भनाइ छ ।