• ३० जेठ २०८२, शुक्रबार

आराध्या च्याम्पियन

blog

काठमाडौँ, जेठ १३ गते । विश्वव्यापी रूपमा मान्यता प्राप्त शैक्षिक कार्यक्रम युसिमास (युनिभर्सल कन्सेप्ट अफ मेन्टल अर्थमेटिक्स सिस्टम) नेपालको १३ औँ राष्ट्रिय अबाकस तथा मानसिक गणित प्रतियोगिता काठमाडौँमा सम्पन्न भएको छ । 

प्रतियोगितामा देशभरबाट पाँच सय विद्यार्थीको सहभागिता रहेको युसिमासले जनाएको छ । प्रतियोगितामा यस कार्यक्रममार्फत तालिम प्राप्त बालबालिकाले आफूले सिकेको सिपलाई गणितीय रूपमा प्रस्तुत गरेका थिए । यसले बालबालिकाई एकाग्रता, स्मरण शक्ति, सिर्जनात्मकता र समग्र शैक्षिक प्रदर्शन सुधार्न सहयोग पु¥याइरहेको युसिमास नेपालका कार्यकारी निर्देशक पल्लवी श्रेष्ठले बताउनुभयो । युसिमास अन्तर्राष्ट्रिय मुख्यालय मलेसियाका प्रमुख कार्यकारी अधिकृत अलेक्सन वोङ्गले बालबालिकाको संज्ञानात्मक विकासमा युसिमास कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

प्रतियोगितामा च्याम्पियन्स अफ च्याम्पियन्सको उपाधि आराध्या राजकर्णिकारलाई प्रदान गरिएको छ । राजकर्णिकारसहित अन्य प्रतियोगिताका विद्यार्थीलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । युसिमास नेपालका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्नेहल कारियाले युसिमासलाई विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाले वैज्ञानिक रूपमा अनुसन्धान गरेर प्रमाणित गरेको बताउनुभयो ।