रौतहट (गोरखापत्र), पुस ११ गते । नेपाली कांग्रेस रौतहटले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ युवा उम्मेदवारका रूपमा नितेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका ३५ वर्षीय गुप्ताको नाम सिफारिस गरिएको नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति सुनीलकुमार यादवले जानकारी दिनुभयो । कांग्रेसभित्र युवा नेतृत्वको प्रवर्धन, समावेशी राजनीति र सङ्घर्षशील व्यक्तित्वको सम्मानस्वरूप गुप्तालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
सभापति यादवका अनुसार पार्टी सङ्गठन निर्माण, प्रचारप्रसार रणनीति तथा जनसम्पर्कमा निरन्तर सव्रिmय रहँदै आएका गुप्ताले रौतहटमा कांग्रेसको सङ्गठनात्मक आधार मजबुत बनाउन महŒवपूर्ण योगदान पु¥याउन सक्ने विश्वासका साथ उम्मेदवारी सिफारिसमा प्राथमिकता दिइएको हो ।
नेपाली कांग्रेस रौतहटबाट प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस भएपछि सञ्चारकर्मीसँग प्रतिव्रिmया दिँदै गुप्ताले देशमा स्थायी शान्ति, दीर्घकालीन रूपमा समस्या समाधान तथा जेनजी पुस्ताको माग सम्बोधनका लागि हरेक पार्टीले युवालाई उम्मेदवार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई नेपाली कांग्रेसले विश्वास गरेकोमा आफूले जनताप्रति गरेको लगानीको प्रतिफल प्राप्त भएको उहाँले बताउनुभयो । विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा समावेशी प्रतिनिधित्वलाई प्राथमिकताका साथ अगाडि बढाउने आफ्नो एजेन्डा रहेको उहाँले स्पष्ट पार्नुभयो ।