शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिष्णुप्रसाद पोखरेल
दमक, माघ १९ गते । झापाको भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा परेर पैदलयात्रुको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर–२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले आइतबार साँझ पैदल यात्री स्थानीय ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते बन्नु भएका खरेललाई भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पताल पुर्याइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोष घाइते बन्नु भएको छ । उहाँको अनुहारमा चोट लागेको छ । दुर्घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो ।