• १८ माघ २०८२, आइतबार

स्थानीय सेवाको गठन तथा सञ्चालन विधेयक समितिमा

blog

सुदूरपश्चिम प्रदेश सभा बैठक ।

अविनाश चौधरी

धनगढी, माघ १८ गते । सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२ लाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । 

आज बसेको प्रदेश सभाको बैठकले दफावार छलफलका लागि सर्वसम्मत विधेयकलाई समितिमा पठाएको हो । विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले सभामा पेश गर्नुभएको थियो । 

यसैगरी, सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले स्वेच्छिक रुपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको पत्र वाचन गरेर प्रदेशसभालाई जानकारी गराउनुभएको छ । उहाँले डडेल्धुराको निर्वाचन क्षेत्र नम्बर १ (२) मा प्रदेशसभा सदस्य पद् रिक्त रहेको कुरा राजपत्रमा प्रकाशित भइसकेको जानकारी दिनुभयो ।