आचारसंहिता उल्लङ्घन भएको भन्दै धनकुटाका दुई स्थानीय तहलाई प्रशासनले सचेत गराएको छ ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।
गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो ।
महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी पहिलो भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २४–२० अङ्कले हरायो ।
क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगमा आएको संकुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्यांक क्यानडाले शुक्रबार सार्वजनिक गरेको छ ।
नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः को आयोजनामा भक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन भएको छ।
अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदानमा अवरुद्ध गरेपछि सङ्घीय सरकारले आंशिक शटडाउन घोषण गरेको जनाइएको छ । यद्यपि अवरोध भने सीमित हुने अपेक्षा गरिएको जनाइएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताउनुभएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ को बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया उद्यान क्षेत्रमा पहिलो पटक दुर्लभ राजलाहाँचे फेला परेका छन् ।
कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको छ ।
पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्डर १९ महिला फुटबलमा बङ्गलादेशले सानदार विजयी सुरुवात गरेको छ। शनिबार पोखरा रंगशालामा भएको फुटवल खेलमा बंगालादेशले भुटानलाई १२–० गोले पराजित गरेको हो ।
स्याङ्जाको वालिङमा चलिरहेको वालिङ महोत्सवस्थल परिसरमा निर्माण गरिएको गोलघर दर्शकहरूको आकर्षणमा परेको छ ।
आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो ।
कर्णाली काेरिडोरको सिमकोट गाउँपालिका–५, कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउँले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प्रहरी सो हिउ सफा गर्ने कार्य गरेपछि रोकिएको यातायात सेवा सुचारु भएको हो ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशको क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।