• १७ माघ २०८२, शनिबार

साफ यु १९ महिला फुटबल

बङ्गलादेशसँग भुटान १२ गोलले पराजित

blog

बङ्गलादेश र भुटानबिचको खेलमा बल अगाडि बढाउँदै भुटानका खेलाडी। तस्बिरः माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ १७ गते । पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्डर १९ महिला फुटबलमा बङ्गलादेशले सानदार विजयी सुरुवात गरेको छ। शनिबार पोखरा रङ्गशालामा भएको फुटवल खेलमा बङ्गालादेशले भुटानलाई १२–० गोले पराजित गरेको हो ।

खेलमा बङ्गालदेशका खेलाडी मोस्ट मुन्की अक्तर, सिमोती तिर्सना रानी र अल्पी अक्तरले व्यक्तिगत ह्याट्रिक पूरा गर्नुभएको थियो। खेलमा मोस्ट मुन्की अक्तरले खेलको ४४ औं ४६ औं ८१ औं र ९३ औं मिनेटमा गरी ह्याट्रिकसहित ४ गोल गर्नुभएको थियो।

बङ्गालदेशका सिमोती तिर्सना रानीले खेलको ४२ औं ५४ औं र ५६ औं मिनेटमा गोल गरेर ह्याट्रिक गर्नुभएको थियो। बङ्गलादेशी अल्पी अक्टरले खेलको ७३ औं, ८६ औं र ९६ औं मिनेटमा गोल गर्दा खेलमा तेसो ह्याट्रिक पूरा भएको थियो। खेलमा बङ्गलादेशको टिम क्याप्टेन अर्पिता विश्वास र मामोनी चक्माले एक–एक गोल गर्नुभएको थियो। खेलको २८ औं मिनेटमा मामोनी चक्माले कर्नर बललाई पोस्टमा प्रहार गर्दा गोलमा परिणत भएको थियो भने टिम क्याप्टेन विश्वासले खेलको ९४ औं मिनेटमा गोल गर्नुभएको थियो।

शनिबार खेलमा बङ्गलादेशका खेलाडीसँग भुटान निरीह देखियो। भुटानले बङ्गलादेशको पोस्टमा चार्ज नै गर्न सकेन । माघ २४ गतेसम्म सञ्चालन हुने खेलमा शनिबार नै नेपाल र भारतबिच खेल हुँदैछ। नेपाल र भारतबिचको खेललाई उदघाटन खेल भनिएको छ। प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी छन्।