• १७ माघ २०८२, शनिबार

एपिएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि

blog

उपाधि विजेता आर्मीका खेलाडी ।

काठमाडौँ, माघ १७ गते । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् ।

महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी पहिलो भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २४–२० अङ्कले हरायो । 

पुरुषको फाइनलमा आर्मीले एपिएफलाई पेनाल्टीमा ६–५ अङ्कले पराजित गर्‍यो । निर्धारित समयको खेल ३८–३८ अङ्कको बराबरीमा सकिएको थियो । 

महिलातर्फ एपिएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुरुषतर्फ आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी चुनिनुभयो । विजेतालाई गृहमन्त्री ओमप्रकाश अर्याल र राखेपका सदस्यसचिव राम चरित्र मेहतालगायतले पुरस्कार प्रदान गर्नुभयो ।