गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १८ गते । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।
महोत्सवमा फ्रान्स, भारत, बङ्गलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायललगायत विभिन्न देशबाट आएका आठ अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति रहेको थियो । समारोहमा सांस्कृतिक नृत्य तथा कला प्रस्तुतिका साथै छनोट चलचित्रको विशेष स्क्रिनिङ गरिएको थियो । माघ १८ गतेसम्म सञ्चालन हुने महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना रहने छ ।
महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन भइरहेका छन् । महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्र समावेश गरिएका छन् ।