• १९ माघ २०८२, सोमबार

तृप्तिको आवाजमा ‘निदरी’

blog

काठमाडौँ, माघ १८ गते । गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा ‘निदरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तृप्तिलाई स्वरमा राज सिग्देलले साथ दिनुभएको छ । गीतले मायाप्रेमको वियोगान्तको कथा बोल्छ । 

मोडल विजय गुरुङ र सामिया कार्कीको अभिनय रहेको गीतलाई गुरुङ स्वयम्ले निर्देशन गर्नुभएको हो । डा. हरि उप्रेतीको शब्द तथा रचना रहेको गीतलाई प्रकाश खड्का र उहाँको टिमले छायाङ्कन गरेको हो । नरेश पाण्डेले संयोजन गर्नुभएको गीत सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो । मिलन विश्वकर्माको सम्पादन रहेको उक्त गीत डा. हरि उप्रेतीको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।