• १९ माघ २०८२, सोमबार

सुरभि साहित्यिक पुरस्कार प्रदान

blog

काठमाडौँ, माघ १८ गते । सुरभि साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमबिच अभिनन्दन तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा प्राडा अभि सुवेदीलाई अभिनन्दन गरिनुका साथै गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार खगेन्द्र सङ्ग्रोला, सुरभि बाजुराम आख्यान साधना पुरस्कार, सुशीला प्रधानाङ्ग, सुरभि विजय वाङ्ममय पुरस्कार, ठाकुर शर्मा भण्डारी र सुरभि रमा बद्री निबन्ध पुरस्कार रामप्रसाद पन्तलाई प्रदान गरिएको थियो ।

पुरस्कृत व्यक्तित्वका योगदानबारे संस्थाका संरक्षक तथा पुरस्कार निर्णायक समितिका संयोजक युवराज मैनालीले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा मैनालीको लघुकथासङ्ग्रह ‘पात्र विघटन’ पनि लोकार्पण गरिएको थियो । 

डा. अर्जुनदेव पन्त, कर्णाद महर्षि, प्राडा खगेन्द्र लुइटेल, कवि प्रह्लाद पोख्रेल, प्राडा दिनेशराज पन्तलगायतको उपस्थिति रहेको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व तथा नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा आयोजना भएको थियो ।