• २८ असार २०८२, शनिबार

मकवानपुरमा जुवा खालबाट २२ जना पक्राउ

blog

राममणि दाहाल
मकवानपुर, असार २८ गते ।
मकवानपुर प्रहरीले मकवानपुर बकैया गाउँपालिका–५ स्थितराजदमारबाट जुवा खालबाट २२ जनालाई पक्राउ गरेको छ ।  गएराति १ बजेको समयमा स्थानीय मिलन थिङ घरमा जुवा खेलाइरहेको अवस्थामा आठ लाख ३६ हजार ४० रुपियाँसहित २२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अयौलाले जनाकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तँसुडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट गरी गएको २१ जनाको प्रहरी टोलीले जुवाको खालबाट तीन सेट कौडा, नगदसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका– ५ राजदमारका वर्ष ४६ को मिलन थिङ (घर धनी), हेटौँडा उपमहानगरपालिका–१८ का वर्ष ४५ को कमल थापा, सिन्धुली दुधौली नगरपालिका २ बस्ने  वर्ष ३७ को कैलाश धामी, हेटौँडा–८ कमानेका वर्ष ५३ को फडिन्द्र प्रसाद घिमिरे र हेटौँडा १६ हटियाका वर्ष ४६ रमेश महत रहेका छन् ।

यस्तै, मकवानपुर  बागमती गाउँपालिका–६ पाथीभाराका वर्ष ४५ को शेरबहादुर राना सोही स्थानका वर्ष ३३ को दीपक दोङ, बागमती गाउँपालिका–५ झुरझुरेका वर्ष ४६ को रवि चौधरी, रौतहट गौर नगरपालिका–९ बस्ने वर्ष ५५ ईश्वर चौधरी, मकवानपुर बकैया गाउँपालिका– ७ बस्ने वर्ष ३८ को रोहन लुङवा र हेटौँडा–४ हुप्रा बस्ने वर्ष ५२ को  कृष्ण लामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी, मकवनापुरको बागमती गाउँपालिका–७ बस्ने वर्ष २२ को विजय तामाङ, रौतहट बोधिमाई नगरपालिका –८ बस्ने वर्ष३५ को विजय साह कलवार, बकैया गापा–४ जुरेली बस्ने वर्ष ५५ को गेहेन्द्र बहादुर थिङ, बागमती गापा–७ बस्ने वर्ष ४० को राजकुमार फुयाल र बागमती–५ बस्ने वर्ष  ३० को अणराज राउतलाई जुवा खालबाट प्रहरीले पक्राउ गरेको छ ।

साथै सिन्धुली मरिण गापा–३ बस्ने वर्ष ४९ को बेनीबहादुर मुक्तान, मरिण गापा–६ बस्ने वर्ष ४३ को उमेश माझी, सिन्धुली कमलामाइ नगरपालिका–१० बस्ने वर्ष ५५ को शेरबहादुर थापा, हेटौँडा–९ लामसुरे बस्ने वर्ष ३७ को दिनेश लामा, हेटौँडा –८ कमाने बस्ने वर्ष ३६ को चितबहादुर पाख्रिन र हेटौँडा– १८ ठुलो दमार बस्ने वर्ष ३५ को अशोक श्रेष्ठलाई जुवा खेरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।