• ४ जेठ २०८३, सोमबार

प्रतिनिधिसभामा ‘प्रि–बजेट’ छलफल (प्रत्यक्ष प्रसारण)

blog

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा उपस्थित सभामुख डोल प्रसाद अर्याल ।

काठमाडौँ, जेठ ४ गते । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि  बैठक सुरु भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने जनाइएको छ ।