गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । नेपाल तामाङ घेदुङको दशौँ संघीय महाधिवेशनबाट रामकृष्ण ब्लोन तामाङ निर्वाचित हुनुभएको छ । उहाँले ३०६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी अमिर लामा मोक्तानले ३२ मत, कुमारसिंह घिसिङले ९८ मत, मानबहादुर तामाङले २७ मत तथा मित्रसेन योन्जनले ५९ मत प्राप्त गर्नुभएको छ ।
जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनको अन्तिम मतपरिणाम निर्वाचन मण्डलले आइतबार मध्यराति सार्वजनिक गरेको हो।
यसैगरी सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गर्नुभएको छ । पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत काजिमान थिङ ३७८ मत, रुपबहादुर योन्जन २४६ मत, दिनेशकुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्ष पदमा दिना लामा ३०१ मतसहित विजयी हुनुभएको छ । बिना मम्बा तामाङ ३२० मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । महासचिव पदमा लिलाकुमार घलान निर्विरोध निर्वाचित हुनुभयो । उपमहासचिव (खुल्ला) तर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान निर्विरोध निर्वाचित हुनुभएको छ । उपमहासचिव (महिला) मा श्रमिक लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सचिव पदमा सुनिल मोक्तान २५१ मत, सुन्दर थोकर तामाङ १९९ मत तथा हिरालाल तामाङ १९४ मतसहित विजयी हुनुभएको छ । सचिव (महिला) तर्फ उषा वाइबा ३२७ मत र संगिता तामाङ पाख्रिन २७८ मतसहित निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पदमा तीर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सिता चोदेन तामाङ निर्विरोध निर्वाचित हुनुभयो ।
यसैगरी प्रदेशगत संघीय सदस्यहरूको परिणामअनुसार प्रदेश १ बाट अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ, रामबहादुर वाइबा र रामप्रसाद ग्याबा तामाङ निर्वाचित हुनुभएको छ । महिलातर्फ पेमाकुमारी लामा निर्विरोध निर्वाचित हुनुभयो ।
मधेश प्रदेशबाट अमरराज लामा, चन्द्रबहादुर मुक्तान, पूर्णबहादुर मोक्तान, राजकुमार घिसिङ र रामबहादुर घलान निर्वाचित हुनुभएको छ । महिलातर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेशको १४ खुल्ला सदस्य पदका लागि २५ जना उम्मेदवार चुनावी मैदानमा थिए । कडा प्रतिस्पर्धापछि फुर्साङ मोक्तान तामाङ, कान्छा तामाङ, गोपीराज घलान, फुर्वाग्याल्बो मोक्तान, रोजबहादुर मोक्तान, फुर्पु तेन्जेन तामाङ, चक्रबहादुर पाख्रिन, उदय लामा, रक्षेबहादुर घलान लामा तामाङ, विजयकुमार तामाङ, समिर लामा, सूर्य घिसिङ तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेशकै महिलातर्फ उर्मिला स्याङ्तान तामाङ, ठुलीमाया मोक्तान, तिरुमाया तामाङ, निर्मला तामाङ, मिक्साङ लामा र लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट खुल्लातर्फ जसपाल पाख्रिन, बिरसुब्बा तामाङ र भक्तबहादुर तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । महिलातर्फ आशा बमजन र जुना तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन मण्डलका प्रमुख बरिस्ठ अधिवक्ता डा. कुन्साङ योन्जनका अनुसार लुम्बिनी र कर्णाली प्रदेशबाट कुनै पनि पदमा उम्मेदवारी परेको थिएन ।
सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् ।
आबद्ध संस्थाको महिला खुल्लातर्फ छोइसल घलान, लक्ष्मीमाया वाइबा, शर्मिला लामा, शान्ताकुमारी तामाङ, शान्ति दोङ तामाङ, सफलता तामाङ र शुसिला वाइबा तामाङ निर्विरोध निर्वाचित हुनुभयो ।