शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ ४ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई मर्यादित भएर आफ्ना गतिविधि गर्न निर्देशन दिनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चासहित सरकारको विरोध गर्दै केहीबेर उठेर मौन प्रदर्शन गरेपछि सभामुख अर्यालले त्यस्ता गतिविधि संसदीय मर्यादाविपरीत भएकाले नगर्न सांसदहरूलाई सचेत गराउनुभएको हो ।
उहाँले भन्नुभयो, “संसद् कानून निर्माण गर्ने महत्वपूर्ण थलो हो । त्यसकारण विरोध गर्ने विभिन्न शैली हुन्छन्, तर मर्यादाभित्र रहेर विरोध गर्नुपर्छ । मर्यादाभित्र रहेर विरोध गर्न म यहाँहरूलाई आदेशकै रूपमा लिई जानकारी गराउँछु ।”
हाल श्रम संस्कृति पार्टीका सांसदहरूले घाँटीमा सरकारविरोधी पर्चा झुन्ड्याएर बैठकमा सहभागी हुनुभएको छ ।