टोकियो, माघ १६ गते । जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरकारी डाटामा समावेश छ ।
सरकारका अनुसार फ्याक्ट्री र खानीको उत्पादन सूचकाङ्क सन् २०२० का आधारअङ्क १०० को सापेक्ष १०१.८ मा कायम भएको छ, तर औद्योगिक वस्तु ढुवानी सूचकाङ्क भने १.७ प्रतिशतले घटेर ९८.९ भएको देखिएको छ । अर्कोतर्फ इन्वेन्टरी (भण्डार) स्तरमा १.० प्रतिशतको वृद्धि देखिएको छ ।
यद्यपि, सन् २०२५ मा जापानको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको थियो, जुन चार वर्षमा पहिलो पटक सकारात्मक वृद्धि हो । यस वृद्धि विशेष गरी इलेक्ट्रोनिक पाट्र्स र उपकरणको उत्पादन बढेपछि आएको जनाइएको छ । उक्त आर्थिक डेटा जापानको उद्योग र व्यापार क्षेत्रको वर्तमान गतिशीलताबारे महत्त्वपूर्ण सङ्केत दिन्छ, र आगामी आर्थिक नीति तथा उत्पादन योजनाको लागि आधार बन्दै छ । रासस/सिन्ह्वा