रमेश विश्वकर्मा
गुल्मी, माघ १६ गते। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मुलुकको सकारात्मक परिवर्तन कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता भण्डारीले कांग्रेसमा भएको परिवर्तनसँगैको युवा नेतृत्वले मात्रै देशको सकारात्मक परिवर्तन गर्न सक्ने बताउनुभएको हो।
यस जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार समेत रहनुभएका उहाँले कांग्रेस सभापति गगन थापालाई मुलुकको प्रधानमन्त्री बनाउनका लागि सबैले रुख चिन्हमा मतदान गर्न आवश्यक रहेको बताउनुभयो।
देशमा सुशासन र समुन्नति कायम गर्न गगनले मात्रै सक्ने भन्दै उहाँले अहिलेको बदलिएको कांग्रेसले देश पनि बदल्ने बताउनुभयो।
बदलिएको कांग्रेसले देश बदल्ने दश संकल्प ल्याउन लागेको भन्दै उहाँले अबको कांग्रेस पुरानो अनुभव र रुपान्तरित भएर अगाडि बढेको नेता भण्डारीले बताउनुभयो।
मुलुकका हरेक समस्या समाधान गर्ने क्षमता गगनमा मात्र भएको भन्दै उहाँले आगामी फागुन २१ पछि बन्ने सरकारको नेतृत्व गगन थापाले गर्न आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी नेता भण्डारीले जनताका आवश्यकतासँगै क्षेत्रको विकासका लागि आफू निरन्तर रुपमा लागेको बताउनुभयो। यहाँको जनताको आवाजलाई विगतमा जस्तै निरन्तर संसदमा बोल्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी र कांग्रेस लुम्बिनी प्रदेश सदस्य द्रोण खत्रीले सबै नेता तथा कार्यकर्ताहरु एक जुट भएर देश बदल्ने अभियानमा लाग्नुपर्ने बताउनुभयो।