हेटौँडा समाचारदाता
हेटौँडा, माघ १७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई वातावरणमैत्री बनाउन आग्रह गरिएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई वातावरणमैत्री हरित निर्वाचन बनाउने लक्ष्य लिएको हुँदा सोही अनुसार जिल्लाका चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूले वातावरणमैत्री व्रिmयाकलाप सञ्चालन गर्न आग्रह गरिएको हो ।
निर्वाचन आचारसंहिताबारे मकवानपुरका सञ्चारकर्मीसँग छलफल कार्यव्रmममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले हरित जिल्लामा वातावरणमैत्री तरिकाले चुनाव प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जिल्लामा वातावरणमैत्री पद्धतिबाट सबैले आआफ्नो क्षेत्रबाट आचारसंहिता पूर्ण रूपमा पालना गरी आगामी चुनावलाई शान्तिपूर्ण भयरहित, स्वच्छ निर्वाचन गर्न सबैको साथ सहयोगको अपेक्षा आयोगले राखेको छ ।” मकवानपुरमा निर्वाचन प्रव्रिmया अवलम्बन गर्दा वातावरणीय असर न्यूनीकरण गर्ने उपाय, हरित निर्वाचनका अभ्यासलाई प्राथमिकतामा राखेर काम भइरहेको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो । निर्वाचन केवल राजनीतिक प्रव्रिmया मात्र नभई सामाजिक र वातावरणीय जिम्मेवारीसँग पनि जोडिएकाले अनावश्यक कागज, फ्लेक्स, प्लास्टिक तथा प्रदूषणजन्य सामग्रीको प्रयोग घटाउँदै डिजिटल सूचना प्रवाह, पुनः प्रयोगयोग्य सामग्री र फोहोर व्यवस्थापनलाई निर्वाचनको अभिन्न अङ्गका रूपमा लिन उहाँले सुझाव दिनुभयो ।
पोस्टर, पम्प्लेट र ब्यानरको सीमित प्रयोग, डिजिटल माध्यममार्फत प्रचार प्रसार, ध्वनि प्रदूषण नियन्त्रण, मतदान केन्द्रमा फोहोर व्यवस्थापन तथा कार्बन उत्सर्जन घटाउने उपाय अपनाउनुपर्नेमा जोड दिँदै उहाँले हरित निर्वाचन अवधारणालाई व्यवहारमा उतार्दै वातावरणमैत्री र जिम्मेवार बन्न सबैलाई आग्रहसमेत गर्नुभयो ।
जिल्लामा निर्वाचन सम्पन्न गर्न तीन हजार ३६६ कर्मचारी परिचालन हुने भएका छन् । निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन कार्यालयबाट दुई हजार २४४ जना र मतदान केन्द्रमा नियुक्त हुने एक हजार १२२ जना कर्मचारी परिचालन हुने भएका छन् । यसबाहेक निर्वाचनमा करिब एक हजार प्रहरी र एक हजार ९२३ निर्वाचन प्रहरी परिचालन हुने छन् ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन लाख १५ हजार ३३४ जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत ताराप्रसाद आचार्यका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । महिला एक लाख ५३ हजार ३७६, एक लाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन् । १०२ वटा वडा रहेको मकवानपुरमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र छन् ।