मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट सशस्त्र प्रहरीले करिब १० लाख आठ हजार रुपियाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो ।
सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक स्वास्थ्य चौकी निर्माण भएको हो ।
स्थानीयवासीले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ ।
यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो ।
हामी मामाघर जाँदा आमालाई जित्ने भन्दै उकालोमा दौड्दै माथि पुग्थ्यौँ ।
बजेट अभावमा करिब पाँच दर्जन खानेपानी आयोजना बर्सौंदेखि अलपत्र परेका छन् ।
दुई सातादेखि वायुप्रदूषणले गर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझसम्मै तुवाँलो लागेर मौसम खुल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन सबै स्थानमा डढेलोले वन सखाप बनाएको छ ।
गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनीकी माया विश्वकर्मा नमुना बस्तीमा चार/पाँच महिना मात्रै बस्नुभयो । घर पाउँदा खुसी नहुने कुरै भएन तर बारी पुरानै गाउँमा थियो । सहरमा जस्तै घरमा मात्रै बसेर मायालाई पुग्थेन ।
गुठिचौर गाउँपालिका वडा नम्बर २ कोल्तेस्थित पर्यटकीय क्षेत्र गुठिचौरमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । गुठिचौर उपत्यकामा बग्ने खोलाहरुबाट निर्माण व्यवसायीहरुले मनमर्जी रुपमा गिट्टी बालुवा उत्खनन गरिरहेका छन् ।
ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न वर्षको दुई पटक विदेशी सिकारी नेपाल आउने गर्छन् । यस वर्ष फागुन–चैतको दोस्रो सिकारयाम सुरु भएसँगै ढोरपाटनमा विदेशी सिकारी आउने क्रम सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।