• १६ भदौ २०८१, आइतबार

धनगढीमा माओवादी केन्द्र परामर्श समिति बैठक बस्दै

blog

काठमाडौँ, भदौ १२ गते । नेपका (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श समिति बैठक बुधबारदेखि धनगढीमा सुरु हुँदै छ । यही भदौ १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार आजदेखि सुदूरपश्चिमको बैठक बस्ने छ । बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि गण्डकी प्रदेशस्तरीय केन्द्रीउ परामर्श बैठक सोमबार सकिएको थियो ।

यसैगरी, अब भदौ १४ र १५ गते कर्णाली प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसहितको परामर्श बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै, भदौ १६ र १७ गते लुम्बिनीमा, भदौ १९ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक, भदौ २२ र २३ गते मधेश प्रदेशमा, भदौ २४ र २५ गते १ नं प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक, भदौ २७ र २८ गते ज.व.स. मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक, भदौ ३१ र असोज १ गते प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक र असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक बस्ने छ ।